परम प्रति समर्पित ग़ज़ल - दिव्य ग़ज़ल : इश्क-ए-हकीकी
दिव्य ग़ज़ल : इश्क-ए-हकीकी गजल उर्दू साहित्यको लोकप्रिय विधा हो। कारण हो , यसले आफूमा सम्हालेको मानवीय मर्म( प्रेम। यहि प्रेमभावको , सेरोफेरोमा , वरिपरि र सन्निकट रहेर गजलको रचना हुन्छ। यद्यपि आजभोलि अन्य विषयपनि गजलले समेट्न थालिसकेको छ। तैपनि , गजल भन्ने बितिक्कै प्रेमभाव र श्रृङगार रसनै यसका पर्याय हुन्। अनुभवीका मुखबाट सुनिन्छ , प्रेममा घाइते नभएको र प्रेमले नबौरिएको जीवन के जीवन ? तसर्थ गजल , लेखन भन्दापनि प्रेममय जीवनको एउटा जीवनशैली या अनुभूति हो। प्रेमका दुस्साहसी (दिवाना) हरूले , प्रेमको काहालीलाग्दो खाँचको डर मात्र चाखेका छैनन् , यसको दिव्य टाकुरामा समयसिमा नाघेर समाधिस्थ भएको अनुभवपनि सङ्गालेका छन्। त्यसैले सूफी परम्परामा प्रेमको अनुभवलाई दुई किसिमबाट बयान गरिएको छ। ती हुन् , सूफीहरू भन्दछन् , कसैलाई आफू समर्पित गरिदिनु , आफ्नो अहङ्कारलाई निमिट्यान्न पार्नु नै ईश्क - ए - मजाजी हो। प्रेम , उदाङ्गो हुनु हो , आफ्नो अहम लार्इ आफ्नो प्रेमको सामु नष्ट गरिदिनु हो। तर ...




